पोखरा । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलले क्रिसमसलाई लक्षित गरेर गायक सविन राईको विशेष सांगितिक साझँको आयोजना गरेको छ । क्रिसमको अवसरमा पुस १० गते आइतबार विशेष कार्यक्रमको आयोजना गरेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलका म्यानेजर हरी पौडेलले जानकारी दिए ।
आइतबार साँझ सविन राई र उनको ब्याण्ड ‘द फेरोह’ ले युवा युवतीलाई नचाउने छन् । सबिन राई निकै लोकप्रिय गायक तथा गीतकार हुन् । उनका तिमि नै हौ, म संसार जित्ने, दिन र रात, मलाई अंगालिदेउ, जाउकी बसु, कोमल त्यो तिम्रो, सधै तिमी मेरोलगायतका गीतहरु चर्चित छन् ।
उनका स्टेज प्रस्तुतीहरु निकै रोचक हुने गर्दछन् । उनले सन् १९९२ बाट नेपाली सांगितिक क्षेत्रमा आएका हुन् । प्रवेशका लागि एक हजार र १ हजार ५ सयको टिकट रहेको उनले बताए । निःशुल्क रुपमा अग्रिम टेवल बुकिङको पनि व्यवस्था रहेको उनको भनाई छ ।

‘फुड, ड्रिङ्स र म्युजिक’ स्लोगनसहित खेलकुद तथा परिवारिक वातावरण जोडिएको पौडेलले बताए । पोखरा आएका धेरै पर्यटकलाई क्रिसमको अवसरमा मनोरञ्जन दिने उद्देश्यले कार्यक्रमको आयोजना गरेको उनले बताए । बारभित्रको फराकिलो क्षेत्र रहेको र जहाँ जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजनमार्फत महत्वपूर्ण खेलकुदका प्रत्यक्ष प्रशारण हेर्दै सांगितीक रमाइलो लिन पाइने उनले बताए । उनले बारभित्रै पुल टेबल, डार्ट गेम, चेसलगायतका खेलहरु खेल्ने समेत व्यवस्था मिलाएको छ ।
उनले बारमा जन्मदिन, म्यारीज एनिभसरी, संस्थाका एनिभसरी, प्राइभेट पार्टी गर्नका लागि समेत विषेश व्यवस्था मिलाएको बताए । उनले बारमा फन्ट, बालकुन्नी, फेवाफन्ट लगाएका ठाउँमा बसेर ‘फुड, ड्रिङ् र म्युजिक’ रमाउन पाइने उल्लेख गरे ।




Comments are closed.