ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा सबिन श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । बागमती प्रदेशबाट उनले उम्मेदवारी दिने तयारी गरेका हुन् ।
ललितपुर उद्योग वाणिज्य संघले उनलाई केन्द्रीय सदस्य उम्मेदवार बनाउने निर्णयसमेत गरिसकेको छ । उनी ललितपुर उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष हुन् ।
श्रेष्ठले बागमती प्रदेशमा २ कार्यकालसम्म उपाध्यक्ष तथा कार्यसमितिमा रहेर काम गरिसकेका छन् ।

महासंघको केन्द्रीय सदस्य भएर व्यावसायिक हकहितका क्षेत्रमा काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।





Comments are closed.