काठमाडौं । नेपाल हस्तकला महासंघले विभिन्न अस्पताल र आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको सङ्क्रमण देखिएपछि महासंघले संक्रमितको उपचारमा सहज पु¥याउने उदेश्यले स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यले संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उपत्यकाका विभिन्न अस्पताल र आइसोेलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग गरेको राससलाई जानकारी दिए ।
महासंघले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)मा स्वास्थ्य सामग्री सहयोग गरेको हो । यस्तै, महासंघले ललितपुर महानगरपालिका र लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालय, ललितपुर महानगरपालिकाका चाकुपाट, च्यासल, नागवहाल र पुल्चोकमा निर्माण गरिएको आइसोलेसन केन्द्रमा समेत स्वास्थ्य सामाग्री सहयोग गरिएको महासंघका निमित्त महानिर्देशक ऋषिराज सुवेदीले बताए
।

महासंघले एक हजार थान फुट कभर, १८० बक्स ग्लोब्स, १० हजार थान सर्जिकल मास्क, २०० थान एन ९५ मास्क, एक हजार थान फेस शिल्ड, १०० थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) र ४० जार स्यानिटाइजर सहयोग गरेको हो ।




Comments are closed.