सगुनले प्रवासका नेपाली संघ संस्थासँग सहकार्य गर्ने

कृष्णप्रसाद शर्मा/लण्डन । नेपालीले अमेरिकामा स्थापना गरेको सामाजिक सञ्जालमा आधारित इ कमर्स कम्पनी सगुनले प्रवासका नेपाली संघ संस्थासँग सहकार्य गर्ने भएको छ ।

सगुनले विश्वव्यापी नेपाली संघ संस्थाका प्रतिनिधिसँग भर्चुअल माध्यमबाट अन्तक्र्रिया गर्दै उक्त जानकारी दिएको हो । कार्यक्रममा गैरआवासीय नेपाली संघका विभिन्न मुलुकमा रहेका नवनिर्वाचित पदाधिकारी र प्रतिनिधिको सहभागिता थियो ।

सो अवसरमा सगुनका संस्थापक कबिन सिटौलाले सगुनले कम्पनीको विस्तारसँगै प्रवासी नेपाली समुदायको पनि सेवा गर्ने उद्देश्यले सगुन फाउन्डेशनको स्थापना गरेको बताए । सगुन फाउन्डेशनले समुदायलाई प्रत्यक्ष लाभ हुने खालका गतिविधिमा सामाजिक सङ्घ संस्थासँग मिलेर काम गर्ने बताउँदै सिटौलाले नेपालमा कल्याणकारी परियोजना सञ्चालन गर्दा सहकार्य गर्ने उद्देश्यले सगुनले गैआवासीय नेपाली संघ (एनआरएनए) सँग एउटा समझदारी पत्रमा हस्ताक्षरसमेत भइसकेको र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने कामका लागि प्रवासमा रहेका सबै नेपाली संघ संस्थासँग सगुनले यस्ता सहकार्य गर्दै जाने नीति लिएको उनको भनाइ छ ।

footwear zone

सगुन फाउन्डेशनका अध्यक्ष तथा सगुनका ग्लोबल कोअर्डिनेटर सूर्य गुरुङले कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत डायसपोरामा रहेका नेपाली सङ्घ संस्थालाई र विश्व सामाजिक कल्याणकारी कार्यमा सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले १० लाख डलर बराबरको शेयर छुट्याएर फाउन्डेशनको स्थापना भएको हो । सबै नेपाली समुदायले अपनत्व गर्नसक्ने कम्पनी सगुन भएको बताउँदै उनले यसलाई सबैको साथ चाहिएका बताए । उनले सगुन विस्तार हुँदै गएपछि नेपाली समुदायकै हितमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सगुनका टेकनिकल प्रोडक्ट कोअर्डिनेटर युवा सेडाईंले सगुनले आफ्ना प्रोडक्टहरूको लाइव डेमो गरेर संस्थाका प्रतिनिधिलाई देखाउनुका साथै नवीनतम फिचरहरु चाँडै सार्वजनिक गर्न लागेको जानकारी गराए ।

सगुनका प्रोजेक्ट कोअर्डिनेटर डा। हरि दाहालले ‘सगुन आइडिया ल्याब’ विकास गर्ने योजना बनाइएको जानकारी दिए । जसअनुसार सगुनजस्ता नयाँ र फरक खालको आइड़िया लिएर आउने व्यक्ति वा संस्थालाई आफ्नो स्रोतअनुसार भविष्यमा सहयोग र सहकार्य गर्ने उहाँले प्रतिबद्धता जनाए ।

सगुनका ग्लोबल फन्ड रेजिंग कोअर्डिनेटर तथा अस्ट्रेलिया कोअर्डिनेटर खेमराज पङ्गेनीले सगुन प्रगतिपथमा जोडतोडका साथ अगाडि बढिरहेको बताए । सगुनले एकजमपलर कम्पनीसँग सहकार्य शुरु गरेको जानकारी दिँदै उनले अब सगुनले निनी आइपिओ निष्कासन बन्द गर्न लागेको स्पष्ट पारे । उक्त अवसरमा वित्त विश्लेषक एवं सगुनका सल्लाहकार बोर्डका अध्यक्ष झकेन्द्र शर्माले सगुनको आर्थिकÞ अवस्था मजÞबुत रहेको जानकारी गराउँदै भावी योजनाको मार्ग चित्र प्रस्तुत गरेका थिए ।

सन् २०१५ मा औपचारिकरुपमा शुरु गरिएको सगुनका अमेरिका, नेपाल र भारतमा कार्यालयहरु छन् । सगुनको प्ल्याटफर्ममा प्रयोगकर्ताले आफ्नो कथा, फोटो र भिडियो शेयर गर्न सक्छन् । आफ्ना साथीहरुसँग कुराकानी गर्छन् । यसरी सगुनको एपमा सक्रिय भएर विभिन्न गतिविधि गर्दा स्मार्ट क्वाइन प्राप्त गर्न सकिन्छ । ‘स्मार्ट कोइ परिवार र साथीहरुलाई उपहार किन्न खर्च गर्न सकिन्छ । सगुन एपलाई गुगल प्लेस्टोर र एप स्टोरमा गएर सजिलै डाउनलोड गर्न सकिने कार्यक्रममा सिटौलाले बताए ।

सगुनका प्रयोगकर्ताले अहिलेसम्म रु एक अर्ब ७० करोडभन्दा बढी स्मार्ट क्वोइन आर्जन गरिसकेका छन् । जसमध्ये रु ५३ करोड ३० लाख स्मार्ट क्वोइन परिवार तथा साथीहरुलाई उपहार दिन र किनमेल गर्न खर्च भएको छ । सगुनले हालसम्म सगुन स्टोरी, न्युज हेड लाइन्स, मुड टक, सोसियल स्मार्ट कार्ड बजारमा ल्याइसकेको छ । अब चाँडै सपिङ तथा भ्वाइस स्टोरी फिचर पनि बजारमा ल्याउन लागेको कम्पनीले जनाएको छ ।

यसैबीच सगुनले अमेरिकामा रेग ए प्लस ९मिनी आइपिओ० अन्तर्गत उपलब्ध गराइएका शेयर ३१ अगष्ट २०२१ ९न्यूयोर्क समय मध्यरात १२ बजेसम्म० खरिद गर्न सकिने जानकारी गराएको छ । इच्छुक लगानीकर्ताले ‘सी क्लासको शेयर, प्रतिशेयर ३० डलरको दरले कम्तीमा ९०० डलरको शेयर खरिद गर्न सक्नेछन् । गत जुलाई महिनाको अन्त्यसम्ममा संसारभरिका चार हजार ५०० भन्दा बढी लगानीकर्ताले सगुनका शेयर किनेको सगुनका ग्लोबल कोअर्डिनेटर सूर्य गुरुङले जानकारी दिए ।

रेग ए प्लस (मिनी आइपिओ) स्वीकृत भएका कम्पनीमा विश्वभरिका लगानीकर्ताले शेयर खरिद गर्न सक्छन् । सगुनले संसारका धेरै मुलुकलाई यो अवसर दिँदै आएको छ । अब सर्वसाधारणले लगानी गर्न पाउने अवसर छिट्टै बन्द गर्दै छ । नेपालको कानुनअनुसार नेपालभित्र बसोबास गर्ने नेपालीले शेयर खरिद गर्न पाउँदैनन् । नेपाल बाहिर रहेका गैरआवासीय नेपालीलगायत अन्य देशका नागरिकले भने सगुनको शेयर किन्न सक्नेछन् ।

You might also like

Comments are closed.