राष्ट्रिय सहकारी महासंघद्वारा सिकाई अनुभव आदान प्रदान भर्चुअल गोष्ठी

काठमाडौं ।राष्ट्रिय सहकारी महासंघले भर्चुअल रुपमा सिकाई आदान प्रदान गोष्ठी आयोजना गरेको छ ।

बुधबार विहान शुरु भएको भर्चुअल कार्यक्रमलाई महासंघका अध्यक्ष मिनराज कडेलले सम्बोधन गर्दै सदस्य संघहरुलाई सवल सक्षम बनाउने अनुभव आदान प्रदान गर्ने उद्देश्यले कार्यक्रम गरिएको र महासंघको भूमिकामा केन्द्रीय भएर छलफल गर्न अनुरोध गरेका छन् ।

महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सवल सदस्य संघ निमार्णमा महास।घको पहलकदमीको विषयमा प्रस्तुती गरेकी थिइन् ।उत्कृष्ट कार्य गरेको संघहरुमध्ये जिल्ला सहकारी संघ लि चितवन, जिल्ला सहकारी संघ लि कास्की, नेपाल केन्द्रीय कृषि सहकारी संघलिको समेत प्रस्तुती गर्ने कार्यक्रम छ ।

footwear zone

संघहरुले उदाहरणिय कामहरु, चुनौती र अवसरका विषयमा अनुभव आदान प्रदान गर्ने छन् ।

You might also like

Comments are closed.