सीता मानन्धरद्वारा निर्मित सर्ट मुभि ‘साहारा’को छायांकन सम्पन्न

काठमाडौं । शनिवारदेखी काठमाडौंको बालुवाटार सुरु भएको छोटो चलचित्र (सर्ट मुभी) सहाराको छायांकन आइतबार सम्पन्न भएको छ ।

चलचित्रमा आर के मानन्धर ,सिरु बिस्ट , राजु भुजेल, पल्पसा डङ्गोल , सरोज दाहल , रबिना वास्ताकोटी संगीता शर्मा, प्रसन्न कार्की, बिनोद प्याकुरेल तथा इनाया प्रजापति , ओजेस तुलाधर र प्रजान्य लगाएतका बालकलाकारहरुको को अभिनय रहेको छ । समसामायिक पारिवारिक कथावस्तुमा आधारित चलचित्रको सृंगारमा बिश्वराम के.सि र छायांकन रामेश्वर हुमागार्इंले गरेका हुन् । चलचित्रको डाइरेक्सन भने सरोज दाहाल को रहेको छ ।

आर के एण्ड आर के इन्टरटेड्मेन्ट ब्यानरमा निर्माण हुने चलचित्रको प्रस्तुतकर्ता निर्माता सीता मानन्धर हुन् भने कथा आर के मानन्धरको हो । चलचित्रमा गीत गायक तथा संगितकार यादवराज पाण्डेको रहेको छ ।

footwear zone

 

You might also like

Comments are closed.