बन्दाबन्दीले बनायो उद्यमी, फेरियो विदेश जाने सपना

फुङ्लिङ । कोरोना भाइरसका कारणले व्यवसाय जोखिम बनाएको समयमा नवीन लिम्बू सैलुन उद्यमी बनेका छन् । पच्चीस वर्षीय उनी ताप्लेजुङको मिक्वाखोला खोक्लिङ गाउँका हुन् ।

बन्दको समयमा नवीनले आफूले चिनेका साथीकै सैलुुनमा बोलाएर कपाल काटिदिन थाले । उनमा सानैदेखि कपाल काट्ने रहर थियो । जापानीज भाषा प्रशिक्षण कक्षा बन्द भएपछि नवीनको समय साथीलाई बोलाएर कपाल काटिदिने दैनिकी हुन थाल्यो । लामो समय कोरोनाका कारणले बजार बन्दमा धेरै जनाको कपाल र दाह्री काट्न भ्याए । कपाल र दाह्री काटिदिएबापत उनले राम्रो पैसा हात पार्न थाले । विस्तारै विदेश जाने सपना फेरिन थाल्यो ।

उनि गत मङ्सिरको पहिलो हप्ता फुङ्लिङ बजारमा ६० हजार रुपैयाँबाट सैलुन खोल्न सफल भए । अहिले तराई मुलको समुदायले सञ्चालन गरेको एक दर्जन जति सैलुन सञ्चालनमा छन् ।

footwear zone

नवीन अहिले बिहानदेखि बेलुकीसम्म सैलुनमा कपाल काट्न व्यस्त छन् । उनले कपालसँगै दाह्री र कपाल रङ्गमा लगाउने र फेसवाससमेत गर्ने गर्दछन् । कपाल काटेरै महिनाको खर्च कटाएर ३५ हजार रुपैयाँ कमाउँदै आएको उनि बताउछन् । लाखौँ खर्च गरेर पढाइ सकेर पनि बेरोजगार बन्नेको हजारौँ सङ्ख्यामा छन् । जागिर खोज्दै नेताको पछि लाग्नेको सङ्ख्या पनि कम छैन । सानो लागानीमै विदेशमा पसिना बगाएर कमाएको जति आफ्नो परिवार सँगै बसेर कमाउन सकिन्छ भन्ने एक उदारणीय बनेका छन् नवीन । कम लगानीमा हातमा सीप भए विनालगानीमा पनि व्यवसाय सञ्चालन गरी राम्रो आम्दानी गर्न सकिने व्यवसाय भएको उनि बताउछन् ।

उनको सैलुनमा दैनिक नयाँ ग्राहक बढ्दै गएका छन् । व्यापार व्यवसाय अगाडि पढाउन पहिलो राम्रो बोलीचाली हुन आवश्यक भएको उनले बताए । राम्रो बोली र राम्रो व्यवहारले मात्र सम्बन्ध जोडिँदै जाने र राम्रो सम्बन्धले मात्र व्यवसाय सफल हुने उनको तर्क छ । समय पहिलो स्थानीय समुदायले सैलुन खोलेकामा युवा नेता डम्बर ओख्राबो खुशी व्यक्त गरे ।

You might also like

Comments are closed.