सेल्सवेरीका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा विशेष छुट

पोखरा । सेल्सवेरी डिपार्टमेन्टल स्टोर्सका ग्राहकले पोखराको अन्नपूर्ण केबलकारको टिकटमा विशेष छुट पाउने भएका छन् । काठमाडौं क्षेत्रमा रहेको सेल्सवेरी र पोखरा क्षेत्रमा रहेको सेलवेजका ग्राहकले उक्त छुट पाउनेछन् ।

सेल्सवेरी र सेलवेजमा १ हजार ५ सय रुपैयाँ भन्दा बढिको सपिङ गरेका ग्राहकले सपिङ भौचरको आधारमा २५ प्रतिशत छुट पाउने दुई पक्षबीच सहमति भएको छ । सहमति पत्रमा बिहीबार हस्ताक्षर भएको हो ।

केवलकारसँगको सम्झौताले सेल्सवेरी र सेलवेजका ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने सेलवेजका गण्डकी प्रदेश इन्चार्ज दयाल गिरीले विश्वास व्यक्त गरे ।

footwear zone

पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको केवलकार गतवर्ष चैत्र १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो । सहासिक पर्यटनका गतिविधि गर्न तथा सूर्योदय, सूर्यास्तसँगै हिमशृङखला र पोखराका मनोरम दृश्य नियाल्नका लागि प्रख्यात सराङकोटलाई फेवाताल किनारबाट जोड्ने गरी केवलकार निर्माण भएको हो ।

दुई हजार १६५ मिटर दुरीको उक्त क्षेत्रमा ८ देखि ९ मिनेटमा पुग्न सकिन्छ । केवलकारमा ८ जनाको सिट क्षमता रहेका १७ वटा गण्डोला र सामान ओसारपसार गर्ने एउटा गरी १८ वटा गण्डोला जडान गरिएको छ ।

केवलकारको बटम स्टेसन समुन्द्री तहदेखि ८२४ मिटरको उचाइमा र टप स्टेसन १५२३ मिटर उचाइमा छ । केवलकारको माथिल्लो स्टेसनमा भ्यु टावर, गार्डेन, पार्किङ संरचना, रेष्टुरेन्ट, कफी सप, जिप लाइन, स्काइ साइक्लिङ र स्वीङ संचालनमा छन् ।

You might also like

Comments are closed.