काठमाडौं। सेल्सबेरी डिपार्टमेन्ट स्टोरले चाडबाडलाई लक्षित गर्दै ल्याएको अफरको विजेता बन्दै पोखराका राजेन्द्र गौतमले छड्के तिलहरी पाएका छन् ।
राजेन्द्र सेल्सबेरी डिपार्टमेन्ट स्टोरले चाडबाडको समयलाई लक्षित गर्दै ल्याएको ‘४ हप्ता, ४ छड्के तिलहरी’ योजनाको तेस्रो साताको विजेता घोषित भएका हुन् ।
राजेन्द्रले पोखरा शान्तिनगर स्टोरबाट सपिङ गरेका थिए । भदौ १ देखि लागू भएको यो योजना भदौ ३१ गतेसम्म लागू हुनेछ । यो योजना अब एक साता बाँकी रहेको सेल्सबेरीले जनाएको छ ।

योजनामा सहभागिता जनाउन सेल्सबेरीका विभिन्न शाखामा सपिङ गरी फोन पेमार्फत् भुक्तानी गर्नुपर्नेछ ।





Comments are closed.