डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्दै सेल्सबेरी, माछापुच्छ्रे बैंक लि.र सेल्सबेरीबीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र सेलवेज क्यास एण्ड क्यारी प्रालि (सेल्सबेरी र सेलवेज डिपार्टमेन्ट स्टोर्स) बीच डिजिटल कारोबारलाई प्रोसाहन गर्ने उद्देश्यले सम्झौता भएको छ । सम्झौतापत्रमा सेल्सबेरीका तर्फबाट अध्यक्ष सुशीलमान प्रधानाङ्ग तथा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात सेल्सबेरी र सेलवेजका आउटलेटहरुबाट सामान खरिद गर्दा बैंकका ग्राहकले विभिन्न डिजिटल माध्यमबाट (क्युआर वा पिओएस) मार्फत डेबिट/क्रेडिट कार्ड प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

सेल्सबेरी र सेलवेजले काठमाडौं, पोखरा र आसपासका क्षेत्रमा आधुनिक सुपरमार्केटहरु स्थापना गरी सञ्चालन गर्दै आइरहेको छ । एउटै छानामुनी सम्पूर्ण सामान उपलब्ध गराउने गरी सेलवेज ग्रुपले निरन्तर सेवा विस्तार गरिरहेको छ ।

footwear zone

बैंकले हाल १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ सेवा, २०६ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

 

You might also like

Comments are closed.