काठमाडौं । सेलवेज ग्रुप अन्तर्गतको सेल्सवेरी र सेलवेज डिपार्टमेन्टल स्टोर्सले नेपाली उपभोक्ताहरुको हितलाई मध्यनजर गर्दै ५० प्रतिशतसम्म छुटप्रदान गर्ने गरी ‘ब्ल्याक फ्राइडे’ अफर सार्वजनिक गरेको छ । काठमाडौं क्षेत्रमा सञ्चालित सेल्सवेरी र पोखरा क्षेत्रमा सञ्चालित सेलवेज डिपार्टमेन्टल स्टोर्सका सबै शाखामा लागु हुने गरी अफर सार्वजनिक गरिएको हो ।
नोभेम्बर २६ (मंसिर १०) शुक्रबारबाट लागु हुने यो अफर डिसेम्बर ४ (मंसिर १८) शनिबारसम्म लागु हुनेछ । विदेशमा सिजनल रुपमा ब्ल्याक फ्राइडे अफर अन्तर्गत विशेष छुट प्रदान गर्ने प्रचलन छ । नेपालमा सेलवेज र सेल्सवेरीमा ब्ल्याक फ्राइडे अफरको नयाँ प्रयोगको सुरुवात गरिएको हो । यो अफर अन्तर्गत विशेष छुट प्राप्त गरी नेपाली उपभोक्ताहरु प्रत्यक्ष लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ । यो अफर अन्तर्गत ग्राहकले १० देखि ५० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
अफर अन्तर्गत अगेनो इन्डक्सनमा १५ प्रतिशत, इलेक्ट्रोनिक्समा १० प्रतिशत, टोयज सेक्सनमा १५ प्रतिशत, आर्टिफिसियल फ्लावर सेक्सनमा ५० प्रतिशत, फोटो फ्रेममा ५० प्रतिशत, थर्मस, हटकेसमा १० प्रतिशत, फ्राइप्यानमा १५ प्रतिशत, बिबिक्युमा १० प्रतिशत, इलेक्ट्रिक ब्ल्याङकेटमा १५ प्रतिशत, हटवाटर व्यागमा १५ प्रतिशत, यासुडा इलेक्ट्रिक जगमा १८ प्रतिशत, बाल्ट्रा हिटर (ड्रिम)मा १८ प्रतिशत, सर्जिकल माक्समा २५ प्रतिशत, सोनी टिभीमा २० प्रतिशत, ह्विलपुल वासिङमेसिनमा २० प्रतिशत, सामसुङ वासिङ मेसिनमा १५ प्रतिशत, माइक्रोवेभ वेभनमा १५ प्रतिशत र वाइनमा १० प्रतिशत छुट प्रदान हुने बताइएको छ ।

सन् १९९३ मा पोखराको चिप्लेढुंगाबाट खाद्य पसलका रुपमा व्यावसायिक यात्रा सुरुवात गरेको सेलवेजले अहिले पोखरा र काठमाडौंका विभिन्न ठाउँमा आधुनिक सुपरमार्केटहरुबाट सेवा प्रदान गरिरहेको छ । सन् २००४ बाट काठमाडौं प्रवेश गरेको सेलवेज सन् २०१४ बाट सेल्सबेरी नामबाट पनि सञ्चालनमा आएको हो । यी दुई कम्पनी सिस्टर कम्पनीका रुपमा सञ्चालनमा छन् । काठमाडौंमा सातदोबोटो, सीतापाइला, महाराजगन्ज, चक्रपथ, झम्सीखेल, बत्तिसपुतली, इमाडोल, कोटेश्वर, लोकन्थली, नयाँबस्ती, पेप्सीकोला, मुलपानी, मैजुबहाल, ककनी, सुकेधारा, हात्तीगौंडा, धापासी, पुरानोबानेश्वर, बनेपा, बालुवाटार, भक्तपुर, भैसेपाटीबाट सेवा प्रदान हुँदै आइरहेको छ । पोखरामा चिप्लेढुंगा, लेकसाइड, बिरौटा, भद्रकाली, बगर, शान्तिनगरबाट सेलवेजले सेवा प्रदान गर्दै आइरहेको छ ।





Comments are closed.