काठमाडौं । प्राकृतिक विपत्ति तथा महामारीको समयमा अग्रस्थानमा रहेर राज्यलाई सहयोग गर्दै आइरहेको सेल्वेज ग्रुपले यस पटक कोरोना महामारीको समयमा पनि सहयोग गरेको छ । ग्रुपले पोखरामा अक्सिजन प्लान्ट स्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
अक्सिजन प्लान्ट निर्माणको नेतृत्व गरिरहेको बतास फाउण्डेसनलाई सेल्वेज ग्रुपका प्रवन्ध निर्देशक सुशील प्रधानाङगले सहयोग गरेका हुन् । ‘कोरोना महामारीको समयमा अक्सिजन प्लान्ट निर्माण गरिनु राम्रो काम भएकाले सहयोग गरेका हौं,’ उनले भने ।
ग्रुपले गत वर्षको लकडाउनमा पनि नेपाल सरकारलाई २५ लाख रुपैयाँ सहयोग गरेको थियो । भूकम्पको समयमा एक हजार भन्दा बढीलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको यो ग्रुपले गत वर्ष लकडाउनको समयमा पनि एक हजार भन्दा बढी परिवारलाई राहत वितरण गरेको थियो ।

यो ग्रुपले ३ दशक अगाडिबाट पोखरामा सेल्वेज डिपार्टमेन्ट स्टोर्स सञ्चालन गरिरहेको छ । अहिले काठमाडौंमा सेल्सबेरी ब्राण्डबाट २३ वटा सुपरमार्केट र पोखरामा सेल्वेज ब्राण्डबाट ५ वटा सुपरमार्केट सञ्चालनमा छन् ।





Comments are closed.