सेलवेजको २९औं शाखा पोखराको शान्तिनगरमा

पोखरा ।  व्यावसायिक क्षेत्रमा लामो अनुभव संगालेको सेलवेज ग्रुपले सेवा विस्तार गरेको छ । सेलवेजले आफ्नो २९औं शाखा पोखराको शान्तिनगरमा स्थापना गरेको छ । सन् १९९३ मा पोखराको चिप्लेढुंगाबाट खाद्य पसलका रुपमा व्यावसायिक यात्रा सुरुवात गरेको सेलवेजले अहिले पोखरा र काठमाडौंका विभिन्न ठाउँमा आधुनिक सुपरमार्केटहरुबाट सेवा प्रदान गरिरहेको छ । यो ग्रुपले सेलवेज र सेल्सबेरी नामबाट उपभोक्ता तथा ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

पोखरामा सेलवेजको छैटौं शाखा शान्तिनगरमा खुलेको हो । यस अगाडि पोखराको चिप्लेढुंगा, लेकसाइड, बिरौटा, भद्रकाली र बगरबाट सेलवेजले सेवा प्रदान गर्दै आइरहेको छ । शान्तिनगर शाखा सञ्चालनको अवसरमा १० प्रतिशत छुटको व्यवस्था गरिएको सेलवेजका गण्डकी प्रदेश मुख्य व्यवस्थापक दयाल गिरीले जानकारी दिए । ‘दैनिक जीवनमा आवश्यक पर्ने खाद्य सामग्री लगायतका सामानमा विशेष छुटको व्यवस्था गरेका छौं,’ गिरीले भने, ‘ग्राहकको सुविधालाई ध्यानमा राख्दै निःशुल्क होम डेलिभरीको सुविधा पनि उपलब्ध छ ।’

सेलवेजको नयाँ शोरुममा करिब ८ करोड रुपैयाँ लगानी भएको बताइएको छ । नयाँ शाखाबाट खाद्य सामग्रीका सम्पूर्ण सामानसहित स्थानीय उपभोक्ता तथा लेकसाइड क्षेत्रका होटल तथा रेष्टुरेन्टका लागि आवश्यक पर्ने सामग्रीहरु सुपथ मूल्यमा बिक्री वितरण हुने गिरीले जानकारी दिए ।

footwear zone

स्टोरको भुईं तलामा खाद्य तथा सौन्दर्य सामग्री, पहिलो तलामा इलेक्टोनिक्स तथा घरायसी प्रयोजनका सामग्री र दोस्रो तलामा आधुनिक फर्निचरका सामग्रीहरु राखिएका छन् । ‘नयाँ शाखाबाट सेवाग्राहीलाई सेवा प्रदान गर्न हामी तयार भएका छौं,’ गिरीले भने, ‘अन्य शाखामा जस्तै नयाँ शाखामा पनि स्थानीय उपभोक्ताहरुको आकर्षण बढ्नेमा हामी विश्वस्त छौं ।’

सन् २००४ बाट काठमाडौं प्रवेश गरेको सेलवेज सन् २०१४ बाट सेल्सबेरी नामबाट पनि सञ्चालनमा आएको हो । यी दुई कम्पनी सिस्टर कम्पनीका रुपमा सञ्चालनमा छन् । काठमाडौंमा सातदोबोटो, सीतापाइला, महाराजगन्ज, चक्रपथ, झम्सीखेल, बत्तिसपुतली, इमाडोल, कोटेश्वर, लोकन्थली, नयाँबस्ती, पेप्सीकोला, मुलपानी, मैजुबहाल, कपन, सुकेधारा, हात्तीगौंडा, धापासी, पुरानोबानेश्वर, बनेपा, बालुवाटार, भक्तपुर, भैसेपाटीबाट सेवा प्रदान हुँदै आइरहेको छ । यो समूहले सन् २०७९ बाट काठमाडौंको महाराजगञ्जमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न मल सञ्चालनको तयारी गरिरहेको छ । पोखराको लेखनाथमा पनि शाखा विस्तारको तयारी छ ।

You might also like

Comments are closed.