समता घरेलु लघुवित्तको फर्दर पब्लिक ईस्युको निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले नयां निष्काशन (फर्दर पब्लिक ईस्यु)को निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

साविक समता लघुवित्त वित्तिय संस्था लि.र साविक घरेलु लघुवित्त वित्तिय संस्था लि.विच शेयर आदान प्रदान दर (SWAP Ratio) १००ः८०(समताःघरेलु) कायम हुने गरि गाभिए पश्चात् संस्थाको कुल चुक्ता पुंजि २८ करोड ५६ लाख २० हजार १ सय ६० रुपैयाँको २० प्रतिशत वोनस पश्चात् कम्पनीको चुक्ता पुंजि ३४ करोड २७ लाख ४४ हजार १ सय ९२ भएकोले शेयर संरचना ७०ः३० (संस्थापकःसर्वसाधारण) कायम हुने गरि शेयर फर्दर पब्लिक ईस्यु गर्न लागेको हो ।

सम्झौता-पत्रमा समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् । आरविवि मर्चेन्ट बंैकिङ लिमिटेड राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको पुर्ण स्वामित्वमा संचालित संस्था हो ।

footwear zone

You might also like

Comments are closed.