काठमाडौं । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको २२ हजार २१५ संस्थापक सेयर आजबाट बिक्रीमा आएको छ ।
लघुवित्तले संस्थापक सेयरधनीहरुको नाममा रहेको २२ हजार २१५ कित्ता संस्थापक सेयरअसोज ७ गते शुक्रबारबाट बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्नका लागि लघुवित्तका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले शुक्रबाट ३५ दिनभित्र निवेदन दिनुपर्ने छ । इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्रसंस्थाको केन्द्रीय कार्यालय बनेपा-१०, काभ्रेपलाञ्चोकमा सेयर मूल्य र संख्या खुलाई निवेदन पेश गर्नुपर्नेछ ।

३५ दिनभित्र कुनैपनि संस्थापकबाट निवेदन प्राप्त नभए अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।




Comments are closed.