समृद्धि फाइनान्सको सञ्चालकमा सुजन अधिकारी नियुक्त

काठमाडौं । समृद्धि फाइनान्सको सञ्चालक पदमा सुजन अधिकारी नियुक्त भएका छन् । उनि  नेपा पेट्रोलियम ट्रेड लिंक प्रा.लि. बाट मनोनित भएका हुन् । सञ्चालक समितिको भाद्र ३० गते बसेको वैठकबाट नियुक्त भएका उनलाई असोज ५ गते संस्थाको शाखा कार्यालय पुतलीसडक काठमाडौंमा एक कार्यक्रमकाबीच सञ्चालक समितिका अध्यक्ष विनोद कुमार सुवेदीको अध्यक्षता बसेको वैठकले स्वागत गरेको हो ।

समृद्धि फाइनान्सले बचत खातामा उच्चतम् व्याजदरमा निक्षेप संकलन गरिरहेको छ । सामान्य बचत खातामा ७.५ प्रतिशत व्याज प्रदान गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड  जस्ता डिजिटल सुविधाहरु  प्रदान गरिरहेको छ ।

footwear zone

संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ । साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ्ग तथा इकेवाइसि लगायतको प्रविधिमा आधारित सेवाहरु पनि सञ्चालनमा ल्याउँदैछ ।

 

 

 

 

You might also like

Comments are closed.