काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र टाइम्स मोटर प्राइभेट लिमिटेड बिच निर्माण उपकरणहरुका सम्भावित खरिदकर्ताहरुका लागी उपकरण ऋण उपलब्ध गराउने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापछि फाइनान्सका सबै शाखाबाट देशभरका भोल्भो निर्माण उपकरणका सम्भावित खरिदकर्ताहरुले उपकरण ऋण सुविधा प्राप्त गर्नेछन । जस अन्तर्गत टाइम्सका सम्भावित ग्राहकले उपकरण लागतको ८० प्रतिशत सम्म कर्जा फाइनान्सबाट लिन सक्नेछन् । सो कर्जाको अवधि अधिकतम ५ वर्ष को हुनेछ । यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ ।
उक्त सम्झौता समृद्धि फाइनान्सको शाखा कार्यालय पुतलीसडक काठमाण्डौमा भएको हो । फाइनान्सका तर्फबाट प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र टाइम्स मोटरर्सको तर्फबाट प्रबन्ध निर्देशक दिपक राज गिरीले हस्ताक्षर गरेका छन् ।

समृद्धि फाइनान्सले बचत खातामा उच्चतम् व्याजदरमा निक्षेप संकलन गरिरहेको छ । सामान्य बचत खातामा ७.५ प्रतिशत व्याज प्रदान गरेको छ जुन सामान्य बचत खातामा बैंक तथा वित्त कम्पनीमा उच्चतम व्याजदर हो ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ । संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।




Comments are closed.