समृद्धि फाइनान्सद्धारा काठमाडौंको बालाजुमा वृक्षरोपण कार्यक्रम

काठमाडौं । समृद्धि फाइनान्सले असार २७ गते सोमबार काठमाडौंको बालाजुमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

फाइनान्सले असार महिनामा आफ्नो पाँच वटै शाखाहरुबाट उक्त कार्यक्रम विभिन्न मितिमा सम्पन्न गरेको हो ।फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको यस संस्थाका का.मु.प्रमुख व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन ।

समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ ।

footwear zone

फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

You might also like

Comments are closed.