समृद्धि फाइनान्सलाई नेपाल राष्ट्र बैंकबाट बजार निर्माताको इजाजत प्रदान

काठमाडौं । समृद्धि फाइनान्सलाई नेपाल राष्ट्र बैंकले बजार निर्माताको इजाजत प्रदान गरेको छ । समृद्धि फाइनान्सले नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निस्काशित बचतपत्र र नागरिक बचतपत्रको प्राथमिक तथा दोश्रो बजार कारोबार र बैदेशिक रोजगार बचतपत्रको दोश्रो बजार कारोबार “बजार निर्मातासम्बन्धी कार्यविधि, २०७० (दोश्रो संशोधन २०७६ बमोजिम)” गर्ने गरि समृद्धि फाइनान्सलाई नेपाल राष्ट्र बैंकले इजाजत प्रदान गरेको  हो ।

नेपाल राष्ट्र बैंकले लामो अवधिका ऋण पत्रहरुको प्राथमिक एवम् दोस्रो बजार कारोबारलाई प्रवर्द्धन गर्ने तथा व्यवस्थित बनाउने उद्देश्यले वित्तीय कारोबार गर्ने इजाजतपत्र प्राप्त संस्थाहरुलाई हाल निष्काशन हुने तथा भइरहेका राष्ट्रिय बचतपत्र, नागरिक बचतपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार र वैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार मात्र गर्ने एवम् भविष्यमा नेपाल सरकारको तर्फबाट निष्काशन हुने अन्य ऋणपत्रको समेत प्राथमिक तथा दोस्रो बजार कारोबार “बजार निर्मातासम्बन्धी कार्यविधि, २०७०” वित्तीय कारोबार गर्ने इजाजतपत्र प्राप्त संस्थाहरुलाइ इजाजत प्रदान गर्ने प्रावधान रहेकोले सोहि बमोजिम समृद्धि फाइनान्सलाई इजाजत प्रदान गरेको छ ।

साथै समृद्धि फाइनान्सले मुद्दती निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथसाथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

You might also like

Comments are closed.