समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच सम्झौता

काठमाडाैं । समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजार बिच मंसिर २९ गते सम्झौता भएको छ ।

यो सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकहरुलाई ए टु जेड अनलाइन बजारबाट लेक्ट्रो ब्रान्डको इ-साइकल खरीद गर्दा सबै मोडेलमा फ्लाट १५ हजार रुपैयाँसम्म छुट दिने भएको छ ।

सो सम्झौता पत्रमा समृद्धि फाइनान्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण दुवाडी र ए टु जेड अनलाइन बजारका प्रमुख कार्यकारी अधिकृत बिकाश भण्डारीले हस्ताक्षर गरेका हुन् ।

footwear zone

समृद्धि फाइनान्सका ग्राहकले डेबिट कार्ड, मोबाइल बैंकिङ, र क्युआर कोर्ड मार्फत लेक्ट्रो ब्रान्डको इ-साइकल खरीद गर्दा सबै मोडेलमा फ्लाट १५ हजार रुपैया छुट हुने यस संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जनाएका छन् ।

You might also like

Comments are closed.