समृद्धि फाइनान्सको २१ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं ।  समृद्धि फाइनान्स कम्पनी लिमिटेडकोे २१ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराईकोे अध्यक्षतामा साधारण सभा सम्पन्न गरेको हो ।

सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अघिल्लो आ.व.को वार्षिक प्रतिवेदन पारित गर्ने, वासलात, नाफा नोक्सान र नगद प्रवाह विवरण माथि छलफल गर्ने, आ.व. २०७९/८० लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने लगायतका एजेन्डाहरुमा छलफल भएको थियो ।
साथै, सञ्चालक समितिको लागि संस्थापक समुह तर्फबाट १ (एक) जना र सर्वसाधारण समुह तर्फबाट १ (एक) जना संचालकको निर्वाचन भएको हुँदा संस्थापक समुहबाट सुदिप घिमिरे र सर्वसाधारण समुहबाट दुर्गा थापा निर्वाचित भएका छन् ।

साधारण सभामा अध्यक्षले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन उपर सहभागी भएका सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए ।

footwear zone

You might also like

Comments are closed.