समृद्धि फाइनान्सको मोबाइल बैंकिङ सेवामा परिवर्तन

काठमाडौं । समृद्धि फाइनान्सले साविकमा ग्राहकहरुलाई प्रदान गर्दै आएको मोवाइल बैंकिङ सेवालाई एफ वान सफ्ट इन्टरनेशनल प्रा.लि.को बैंकस्मार्ट मोवाइल बैंकिङमा परिवर्तन गरेको छ ।

अब फाइनान्सका ग्राहकहरुले मोवाइल बैंकिङबाट एन.सि.एच.एल. को नेपाल पे क्यु आर मर्चेन्टका साथै फोन पे को क्यु आर मर्चेन्टहरुमा पनि भुक्तानी गर्न सक्ने छन भने फाइनान्सले ग्राहकलाई फोन पे को क्यु आर मर्चेन्ट बनाउन पनि सक्ने भएको छ ।

राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल ८ वटा शाखामार्फत आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

footwear zone

आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्नि प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.