काठमाडौं । समृद्धि फाईनान्सको जनकपुर, बनेपा र नारायणगढ शाखाले वृक्षरोपण कार्यक्रमगरेका छन् । साउनको पहिलो हप्ताबाट सुरु भएको वृक्षरोपण कार्यक्रम संस्थाका १३ वटै शाखाहरुबाट सम्पन्न गरीसकेकोे संस्थाले जनाएको छ ।
साथै फाईनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमहरुको सुची मध्ये साउनमहिनाको लागि तय भएको कार्यक्रमको रुपमा वृक्षरोपणको समापन गरेको र आर्थिक बर्ष २०८०/८१ को प्रत्येक महिनामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सम्पुर्ण १३ वटै शाखाहरु बाट बिभिन्न कार्यक्रमहरु गर्ने तय भएको समेत जानकारी गराएको छ ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।






Comments are closed.