समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

काठमाडौं । नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको बित्तिय संस्था समृद्धि फाइनान्स कम्पनी लिमिटेडको रुपन्देही जिल्ला बुटवल उप महानगरपालिका वडा नं.५ नेपालगञ्जरोडमा आफ्नो कारोबार गर्दै आईरहेका बुटवल शाखा कार्यालय स्थानान्तरण भएको छ ।

बुटवल उप महानगरपालिका वडा नं. ६, अमरपथमा स्थानान्तरण भई संचालनमा आएको शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्यक्रम सोमबार संस्थाका प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले रिबन काटेर दीप प्रज्वलन गरी गरी गरेका हुन् । फाईनान्सको बुटवल शाखा कार्यालय प्रमुख बिष्णु प्रसाद रिजालले कार्यक्रम संचालन गरेका थिए । संस्थाका प्रमुख कार्यकारी अधिकृतले सस्थाको परिचयका साथै सस्थाले उपलब्ध गराउने सेवा सुबिधा र शाखा कार्यालय स्थानान्तरणको आवश्यकता र महत्वको विषयमा प्रकाश पार्दै मन्तव्य समेत रखेका थिए ।

उक्त कार्यक्रममा लुम्बिनी साकोस बुटवलका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठको आतिथ्यताका साथै बुटवल क्षेत्रका समाजसेवी, बुद्धिजिवि, सहकारी संस्थाका संचालकहरु र स्थानिय सर्वसाधारण महानुभावहरु तथा संस्थाका ग्राहकहरु लगायत अन्य व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

footwear zone

शाखा सञ्जाल तेह्र वटा रहेको फाइनान्सको अर्को बर्ष थप केहि शाखाहरु पनि संचालन गर्ने योजना रहेको जनाएको छ । संस्थाको निशुल्क मोबाइल वैकिङ, डेबिट कार्ड, एसएमएस अलर्ट, रेमिटान्स, आइपीएस, कनेक्ट आइपीएस, क्लियरिङ, RTGS  लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा उच्चतम १२.७५ प्रतिशतसम्मको आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।

 

 

 

You might also like

Comments are closed.