समृद्धि फाइनान्सका ग्राहकलाई गौतम बुद्ध पोलिक्लिनिक र हाम्रो केक तथा दुध डेरीमा बिशेष छुट

काठमाडौं । समृद्धि फाइनान्स कम्पनि लिमिटेडले गौतम बुद्ध पोलिक्लिनिक प्रा.लि. खरेन्द्रपुर, कपिलवस्तु र हाम्रो केक तथा दुध डेरी खरेन्द्रपुर, कपिलवस्तुसंग समझदारी गरेको छ । समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले २०८० मंसिर १९ गतेदेखि २०८१ मंसिर १८ गतेसम्म समृद्धि मोबाइल बैकिङ, डेविड कार्ड तथा QR प्रयोग गरि समझदारी भएका पोलि क्लिनिक तथा डेरीमा वस्तु तथा सेवाको उपभोग गरि भुक्तानी गर्दा बिशेष छुट पाउनेछन् ।

यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट खरेन्द्रपुरका शाखा प्रमुख संगिन गैरे, गौतम बुद्ध पोलिक्लिनिक प्रा.लिका तर्फबाट व्यवस्थापक प्रमुख बाबुराम भुषाल र हाम्रो केक तथा दुध डेरीका तर्फबाट सीतादेवी खासुले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।

फाइनान्सका सम्पुर्ण ग्राहकहरुले गौतम बुद्ध पोलिक्लिनिक प्रा.लि. मा नियमित ओ.पि.डि. चार्जमा १००% छुट, वेड चार्ज/ X-Ray चार्ज/ ल्याब चार्जमा २०% छुट र औषधिमा १०% छुट प्राप्त गर्ने छन् । साथै हाम्रो केक तथा दुध डेरीमा सबै किसिमका बेकरी प्रोडक्टमा ५% छुट प्राप्त गर्नेछन् ।

footwear zone

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.