सामसङ डिजिटल प्लाजा अब गाइघाटमा

काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रा. लि., नेपालमा सामसङ्ग इलेक्ट्रोनिक्स र घरेलू उपकरणहरूको आधिकारिक वितरकले, उदयपुरको गाईघाटमा १२औं सामसङ डिजिटल प्लाजाको उद्घाटन गरेको छ । सामसङ उत्पादनका लागि ग्राहकहरूको बढ्दो माग र अत्याधुनिक बिक्री काउन्टरहरूलेहिम इलेक्ट्रोनिक्सलाई विद्यमान सामसङ प्लाजाको नेटवर्क विस्तार गर्न प्रेरित गरेको हो । हिम इलेक्ट्रोनिक्स प्रा. लि.ले गाईघाटमा पूर्ण सुविधायुक्त नयाँ शोरूम ‘कालिका सप्लायर्स् एण्ड ट्रेडर्स्’को उद्घाटन गरेको छ ।

हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष प्रभाकर शमशेर थापाले शोरूमको उद्घाटन ११ माघ २०७७ मा आयोजित एक कार्यक्रमको बीच गरेका हुन् । ‘हामी हाम्रो नयाँ सामसङ डिजिटल प्लाजा उदयपुरको गाईघाटमा शुरुगर्न पाउँदा खुसी छौं । यो विस्तारसँगै गाईघाटका ग्राहकहरु धेरै किसिमले लाभान्वित हुनेछन् भन्ने हाम्रो विश्वास छ,’ नयाँ प्लाजाको बारेमा हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष प्रभाकर शमशेर थापाले भने ।

सामसङ डिजिटल प्लाजामा सामसङका अविश्वसनीय दायराका सबै उत्पादनहरू –एलईडी टिभी, फ्रिज, वाशिंग मेशिन, माइक्रोवेभ ओभन र मोबाइलफोनहरु उपलब्ध छन् । यसबाहेक हिम इलेक्ट्रोनिक्सले उपत्यकाभित्र रहेका ६ वटा सामसङ डिजिटल प्लाजा र उपत्यकाबाहिर विभिन्न स्थानमा रहेका पाँचवटा सामसङ डिजिटल प्लाजामार्फत ग्राहकहरुलाई उच्च गुणस्तरीय तथा नवीनतम उत्पादनहरु प्रदानगर्दै आइरहेको छ । यस कम्पनी देशभरका ग्राहकहरुलाई सुलभ मूल्यमा उच्च गुणस्तरीय सेवाप्रदान गर्न प्रतिबद्ध रहेको छ ।

footwear zone

प्लाजा उद्घाटनको अवसरमा शोरूमले ग्राहकहरुलाइ विशेष ओपनिंग अफरहरु पनि दिएको थियो ।

You might also like

Comments are closed.