पोखरा । सञ्चार व्यवसायी समिति कास्कीको अध्यक्षमा युवा व्यवसायी युवराज खनाल निर्वाचित भएका छन् । बिहीबार सम्पन्न २६औं वार्षिक साधारणसभा तथा १४औं अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा दीपेन्द्रबहादुर आले, सचिवमा रेशम खड्का, कोषाध्यक्षमा नन्दप्रसाद पोखरेल निर्वाचित भएका छन् । सदस्यमा बिनोद भुजेल, गणेश पराजुली, रमेशराज रेग्मी, विकास कँडेल, श्याम कृष्ण रेग्मी रहेका छन् । निवर्तमान अध्यक्ष रुद्रबहादुर कार्की पदेन सदस्य रहनेछन् ।

निर्वाचन समिति संयोजकमा पूर्व अध्यक्ष प्रेमप्रसाद दाहाल र सदस्यमा पूर्व अध्यक्ष विनोद ढुंगाना र पूर्व अध्यक्ष जयन्द्रराज राजभण्डारी रहेका थिए । सम्पूर्ण व्यवसायीलाई समेटेर संस्थाको नेतृत्व गर्ने नवनिर्वाचित अध्यक्ष खनालले प्रतिबद्धता व्यक्त गरेका छन् ।




Comments are closed.