पत्रकार महिलाको सशक्तीकरणका लागि नेपालस्थित अमेरिकी दुतावासको साथ

काठमाडौं । नेपालस्थित अमेरिकी राजदुत र्यान्डी बेरीले नेपाल र अमेरिकाबीचको सम्वन्ध अद्वितीय रहेको बताएका छन् ।पत्रकार महिलाको सशक्तीकरणका लागि आयोजना गरिएको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । नेपाल र अमेरिकाबीचको कुटनैतिक सम्वन्धको ७५औं वार्षिकोत्सव पनि यसै वर्ष मनाउने उनले जनाएका छन् ।

भौतिक रुपमा एक अर्काको नजिक नभएपनि  पारदर्सिता, जवाफदेहिता र न्यायको लागि आपसमा दुवै देश लडिरहेको उनले बताए । जस्तोसुकै अवस्थामा पनि पत्रकारको भूमिका महत्वपूर्ण रहने उनको भनाइ छ । पत्रकार जिज्ञासु, निष्पक्ष र सन्तुलित हुनुपर्ने  जनाएका छन् । पत्रकारको प्रतिष्ठा र पेशालाई खतरामा पार्ने काम नगर्न उनले आग्रह गरेका छन् ।

दुतावासले विगतका समयमा विभिन्न मिडिया परियोजनालाई सहयोग गरेपनि पत्रकार महिलाको सशक्तीकरणका लागि यो पहिलो भएको उनले बताए ।  कार्यक्रमले सहभागीमा उर्जा प्रदान गर्ने र अन्तर्राष्ट्रियस्तरमा प्रतिश्पर्धा गर्नसक्ने बताइएको छ । संचारिका समूहसँग सहकार्य गर्न पाउदा खुसी लागेको उनले बताए । दूताबास र संचारिका समूहबीच सहकार्य हुने सञ्चारिका समूहका महासचिव बसन्ती बाँस्तोलाले जानकारी दिइन् ।

footwear zone

कार्यक्रममा २० जनासहभागी रहेकोमा ति मध्य १० जना छानेर मेन्टर दिएर लेखनामा पोख्त बनाइने बाँस्तोलाले बताइन् । सही मेन्टर भेट्दा रिपोर्टरले छिटो आफ्नो बाटो पत्ता लगाउन र सही समाचार लेख्न सहयोग पुग्ने बताइएको छ । पत्रकार महिलाको लागि क्षमता देखाउने अवसर पनि भएको बाँस्तोलाले बताइन् ।

You might also like

Comments are closed.