सन्दीप फेरि मैदानमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने फेरि मैदानमा उत्रिएका छन् । आगामी फागुन २ मा नेपालमा हुन लागेको आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत त्रिदेशीय सिरिजका लागि लामिछाने पनि मैदानमा उत्रिएका हुन् ।

आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत त्रिदेशीय सिरिजका लागि यतिबेला नेपाली क्रिकेट टोलीले तयारी गरिरहेको छ। नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिदेशीय क्रिकेट शृङ्खलालाई लक्षित गरेर बन्द प्रशिक्षण चलिरहेको छ।

बलात्कार आरोप लागेका लामिछानेसहित २० जना खेलाडीहरु बन्द प्रशिक्षणमा छन्। क्यानको खेलाडी छनोट समितिले यस शृङ्खलालाई लक्षित गरेर सन्दीपलाई पनि बन्द प्रशिक्षणमा बोलाएको हो।

footwear zone

गएको बुधबार पोखरामा बसेको नेपाल क्रिकेट सङ्घ (क्यान) को बैठकले सन्दीपको निलम्बन फुकुवा गरेपछि उनी राष्ट्रिय टिममा फर्किएका हुन् ।

You might also like

Comments are closed.