काठमाडौं । सानिमा बैंक लिमिटेडले सेयरधनीलाई १० दशमलव ९८ प्रतिशत लाभांश दिने भएको छ। त्यसका लागि सञ्चालक समितिले राष्ट्र बैंकसमक्ष लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–८०७९ को नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ० दशमलव ९८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । बैंकले अघिल्लो आर्थिक वर्षमा १७ दशमलव ८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस वर्ष भने बैंकले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ० दशमलव ९८ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ९८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।




Comments are closed.