कामना सेवा विकास बैंकको १६औं वार्षिक उत्सव सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो १६औं वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको अवसरमा कार्तिक २१ गतेदेखि २७ गतेसम्म सप्तहाव्यापीरुपमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरी आज केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौंमा मुल समारोह गरी सम्पन्न गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न ठाउँमा सरसफाई, फोहोर व्यवस्थापनको लागि विभिन्न सामाग्री वितरण, रक्तदान कार्यक्रम, वित्तीय साक्षरता अभियान, पुरुष KS Futsal Cup Season II तथा महिला KS Futsal Cup साथै विभिन्न जनचेतनामुलक कार्यक्रमहरु आयोजना गरिएको थियो ।

“रक्तदान जिवन दान” भन्ने नारालाई आत्मसात् गरी देशव्यापीरुपमा आयोजना गरिएको रक्तदान कार्यक्रममा सातै प्रदेशमा गरी कुल ४०३ युनिट रगत संकलन गरिएको थियो । KS Futsal Cup अन्तर्गत पुरुष KS Futsal Cup Season II को उपाधि सिद्धार्थ बैंकले र महिला तर्फको उपाधि कामना सेवा विकास बैंकले जितेको छ ।

footwear zone

बैंकको १६औं स्थापना दिवस अर्थात् मुल समारोहको दिन कार्तिक २७ गते बैंकको केन्द्रीय तथा क्षेत्रिय कार्यालयहरुमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको थियो । बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष दलबहादुर कार्की प्रमुख आतिथि रहेका थिए ।

कार्यक्रममा संचालक विशेश्वर सुवेदी, संस्थापकहरु, विभिन्न संचार माध्यमका पत्रकाहरु, वडा प्रतिनिधिहरु, बैंकका कर्मचारी तथा स्थानीयहरुको उपस्थिति रहेको थियो । यसैगरी आजै आनन्द भैरव मन्दिरको फोहोर व्यवस्थापनको लागि गार्वेज बिन स्टोरेज सेड तथा डिजिटल डोनेसन बक्ससमेत हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमहरुमा काठमाडौं महानगरपालिका वडा नंं. ३० का अध्यक्ष दलबहादुर कार्की, ज्ञान भैरव क्लब (आनन्द भैरव मन्दिर) समितिका महासचिव रामेश्वर राउत तथा अध्यक्ष बसन्त राईले शुभकामना मन्तव्य राखेका थिए । बैंकका अध्यक्ष सुदिप आचार्यले बैंकको यात्रामा अमूल्य सहयोग र साथ दिने सरकार, अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, अन्य नियामक निकाय तथा ग्राहकहरु प्रति आभार प्रकट गरेका छन् ।

साथै आचार्यले आगामी दिनहरुमा समेत यस्तै साथ र सहयोग रहने अपेक्षा गरेका छन् । त्यस्तै, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहालले बैंकले आजसम्मको लामो यात्रामा हासिल गरेको प्रगति तथा भावी कार्ययोजनाका बारेमा प्रकाश पारेका थिए ।

You might also like

Comments are closed.