काठमाडौं । सानिमा बैंकको वार्षिक साधारणसभा पुस ३ गते हुने भएको छ। सभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।
सोही सभाले बैंकको अधिकृत पुँजी १२ अर्ब रुपैयाँबाट वृद्धि गरी १५ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। साथै, सभामार्फत सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ ।

साधारण सभा आम्रपाली बैंक्वेट वालुवाटारमा बिहान ११ बजे सुरु हुनेछ। साधारण सभा प्रयोजनका लागि मंसिर १९ गते बुक क्लोज हुनेछ ।




Comments are closed.