सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगञ्जबीच सम्झौता

काठमाडौं ।  सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगञ्जबीच न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झैतामा हस्ताक्षण भएको छ ।

नेपाल प्रहरी अस्पतालमा आयोजित कार्यक्रममा उक्त सम्झौतापत्रमा नेपाल प्रहरी अस्पतालका प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिह र सानिमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका भएका महिललाहरुको उपचारको लागि वार्षिक चार लाख असी हजार सहयोग उपलब्ध गराउने छ ।

footwear zone

सानिमा बैंकले प्रत्येक नारी बता खाता बापत बैकको तर्फबाट मासिक १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ । उक्त संकतिल रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले नेपाल प्रहरी अस्पतालसँग यो सम्झौता गरेको हो ।  त्यस्तै सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा एटिएम सञ्चालनमा रहेका छन् ।

You might also like

Comments are closed.