काठमाडौं । सानिमा बैंक लिमिटेड र Small World Financial Services बीच युरोप–नेपाल रेमिट्यान्स सेवा सम्झौता भई संचालनमा आएको छ । यस सम्झौताले युरोपका विभिन्न देशहरुबाट नेपालमा सहजै रेमिट्यान्स पठाउन सक्नेछ ।
युरोपबाट रेमिट्यान्स पठाउन SMALL WORLD को आधिकारिक वेबसाइट वा एपको प्रयोग गर्नुपर्ने हुन्छ । यससम्झौता अन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवामार्फत युरोपबाट पठाएको रकम नेपालभरि १६ हजार भन्दा बढि आधिकारिक प्रतिनिधिमार्फत नगदमै भुक्तानी लिन सकिनेछ ।
साथै, युरोपबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खातालगायत कुनै पनि बैंकको खातामा २४ सै घण्टा ३६५ दिन Real Time मा रकम जम्मा गर्न सकिनेछ।

सानिमा बंैकको रेमिट्यान्समार्फत यू.ए.ई, मलेसिया, कतार, यू.के, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, अमेरिकालगायत विश्वभरिबाट रेमिट्यान्स सेवा दिँदै आइरहेको छ ।
साथै, सानिमा बैंकले आन्तरिक रेमिट्यान्स सेवा पनि दिँदै आइरहेको छ । सानिमा बैंकको सातै प्रदेशमा गरी जम्मा १३० कार्यालयहरु र १२३ एटिएम् सञ्जालहरु सञ्चालनमा रहेका छन् ।




Comments are closed.