काठमाडौं । सानिमा बैंकका ग्राहकले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएको छ ।
ग्राहकहरुले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ लगइन गरी सजिलै रकम रकमान्तर (चेकआउट) गर्न सक्नेछन् । बैंकले ग्राहकहरुका लागि
मोबाइल बैंकिङ एप मार्फत फन्ड लोड गर्ने प्रणालीको पनि ब्यवस्था चाँडै नै उपलब्ध गराउने जनाएको छ ।बैंकको मोबाइल बैंकिङ एपबाट इसेवा, खल्ती र नमस्ते पे वालेट गरी तिन वटा वालेटमा सेवा उपलब्ध गराइरहेको छ ।

यसैगरी बैंकले डिजिटल बैंकिङको अधिकतम प्रयोग र नगदरहित कारोबारलाई प्रोत्साहन गर्न यस्तो कार्यहरु गर्दै जाने भन्ने विश्वास गरेको छ ।
सानिमा बैंकको देशभर १२७ कार्यालयहरु र १२० वटा एटिएम संजालहरु संचालनमा रहेका छन् ।




Comments are closed.