काठमाडौं । सानिमा बैंकले आफना ग्राहकहरुलाई “No Data, No Problem” योजना अन्तर्गत मोबाइल बैंकिंङ सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ ।
यो योजना अन्तर्गत नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैंकका ग्राहकहरुले सानिमा मोबाइल बैंकिंङ एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा पाउन सकिनेछ ।
मोबाइल बैंकिंङ एप प्रयोगकर्ताहरुले एपमा रहेका सबै सेवाहरु जस्तै फन्ड ट्रान्सफर, बिल भुक्तानी (QR code ), मोबाइल टपअप प्रयोग गर्दा असिमित निःशुल्क इन्टरनेट डाटा प्रयोग गर्न पाउन सकिनेछ ।

यो योजना १ अगष्ट, २०२२ देखि लागू भएको छ ।सानिमा बैंकले डिजिटल बैंकिंङको अधिकतम प्रयोग र नगद रहित कारोबारलाई प्रोत्साहन गर्न यो सेवा ल्याएको हो ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।




Comments are closed.