सानिमा क्यापिटलको वार्षिक साधारण सभा असोज २६ गते

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडको वार्षिक साधारण सभा आह्वान गरिएको छ । भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले सातौं वार्षिक साधारण सभा असोज २६ गते बोलाउने निर्णय गरेको हो ।

कम्पनीको सातौं वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यलय नक्साल काठमाडौंमा अपराहन्न ४ बजेका लागि डाकिएको छ । सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदनसहितको वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टङ्ग्याउनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५.७८९ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

footwear zone

You might also like

Comments are closed.