निजी क्षेत्रका नेता कोइराला, जसले भत्ताबापतको रकमबाट अक्षयकोष बनाए

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले आफ्नो जन्मदिनको अवसरमा अक्षयकोष घोषणा गर्दै उत्कृष्ट जिल्ला नगर उद्योग वाणिज्य संघ पुरस्कारको घोषणा गरेका छन् ।

पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका कोइरालाले २०६९ सालदेखि उद्योग वाणिज्य संघका गतिविधिमा सरिक हुँदा भत्ताबापत् प्राप्त गरेको करिब २ लाख रुपैयाँबाट अक्षयकोष बनाउने घोषणा गरेका हुन् । अक्षयकोष ५ लाखको हुने पनि उनले जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको संस्थापक अध्यक्ष रहेका कोइरालाले महासंघ गण्डकी अन्तर्गत संचालन हुने सो कोषबाट आउने व्याजबाट गण्डकी प्रदेशभित्रका उत्कृष्ट उद्योग वाणिज्य संघलाई पुरस्कृत गरिने जानकारी दिए ।

footwear zone

‘पोखरा उद्योग वाणिज्य संघको साधारण सदस्य हुँदै अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष हुँदासम्म प्राप्त गरेको भत्ता जोगाएर राखेको थिएँ,’ उनले भने, ‘जन्मदिनको अवसरमा निजी क्षेत्रकै लागि केही गरौँ भनेर पु्रस्कार घोषणा गरेको हुँ ।’

You might also like

Comments are closed.