काठमाडौं । आर्थिक एवम् सामाजिक बिटका पत्रकार सरोज ओझा मुम्बईमा ‘दादासाहेब फाल्के टेलिभिजन अवार्ड २०२३’ बाट सम्मानित भएका छन् । समुन्द्रको किनारमा रहेको भारतको मुम्बई स्थित जुहुमा अवस्थित होटेल हायात सेन्ट्रिकमा फिल्मोरा मिडियाद्वारा गत जुन ११ तारिखमा आयोजित अवार्ड सेरोमनीमाझ उनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
त्यसो त ओझासहित नेपालबाट गायक विनोद ढकाल, कलाकार नितु कोइराला, श्रष्टा एवम् अभियन्ता राजेन्द्रप्रसाद ओझा, व्युटिसियन सुशीला थापा, अभियानकर्मी कृष्णप्रसाद देवकोटा र इभेन्ट निर्देशक अमित साह समेतले विदेशी विधा अन्तर्गत ’दादासाहेब फाल्के इन्डियन टेलिभिजन अवार्ड २०२३’ हासिल गरेका छन् ।
सो अवसरमा आयोजक संस्था फिल्मोराका प्रमुख अखिलेश सिंहलाई नेपालका तर्फबाट नेपाल र भारतको झण्डा अंकित मायाको चिनो उपहार स्वरुप प्रदान गरिएको र सिंहले दादा साहेब फाल्के टेलिभिजन अवार्डको आगामी संस्करण नेपालमा आयोजना गर्न सकिनेबारे आफू विमर्शमा रहेको बताएको ओझाले जानकारी समेत दिए ।

पत्रकार ओझा भारतिय दिग्गज कलाकारहरुसँगको भेटघाट तथा एउटै मन्चबाट सम्मानित हुने अवसरलाई आफुले जीवनको सुखद क्षणका रुपमा महशुस गरेको प्रतिकृया दिए ।
सरोज ओझाको संक्षिप्त परिचय
सरोज ओझा बहुआयामिक व्यक्तित्व हुन् । तनहुँको ब्यास ५ साँगेमा जन्मेका ओझाको बाल्यकाल दमौली ९चापाघाट० मा बितेको थियो । उनले २ कक्षा बाहेक नर्सरी देखी १० कक्षासम्म शान्ती बर्ष अंग्रेजी माध्यमिक विद्यालयमा पढेका हुन् । २ कक्षाको अध्ययन भने उनले काठमाडौंमा गरे । उनि सोल्टीमोड स्थित होलि ल्याण्ड इन्टरनेशनलमा पढ्थे । १० जोड दुई दमौली कलेजबाट अध्ययन पुरा गरेका उनले केही समय आदी कवि भानुभक्त बहुमुखी क्याम्पसमा समेत अध्ययन गरेका थिए । उनको हालको स्थायी बसोबास भने ललितपुरमा छ ।
उनि विगत डेढ दशक देखी नेपाल टेलिभिजनसँगको सहकार्यमा अनवरत रुपमा टेलिभिजन कार्यक्रम उत्पादनसँग जोडिदै आएका छन् । ओझा कार्यक्रम सचेतनाका प्रस्तोता, सम्पादक तथा निर्देशक हुन् । ओझाले हालसम्म सचेतना बाहेक पनि बाल आवाज, बिजनेस इन्फो, नमस्ते नेपाल, प्रवासीको सन्देश, आदर्श परिवार, नेपाल मै पहिलो पटक कुकिङ रियालिटी शो कलेज सेफ आईकन र हास्य टेलिश्रिँखला कुरा मात्रै भो निर्माण एवम् प्रसारण कार्यमा संग्लग्न रहदै संचार जगतमा विशिष्ठ योगदान पुर्याएका छन्। ओझा एक सफल डकुमेन्ट्री मेकर समेत हुन् । हालसम्म उनले हेल्थ रिटेन्सन, विश्व स्वास्थ्य संगठन (२०२१, )गद्धी बैठक पुनर्निमाण , यु एस एम्बेसडर फण्ड (२०७५ , लुम्बिनी आईबडिएि) ०७४, अन्नपूर्ण ओडिसी, नेपाल पर्यटन बोर्ड (२०७१), किर्तीपुरको पर्यटकिय सम्भावना, कर्तिीपुर नगरपालिका (२०७३), सहुलियत दरको सुपथ मुल्य पसल, साल्ट ट्रेडिङ ९२०६८ देखी, हरियो झन्डा अभियान लतिपुर मनपा९२०७४, नेपालमा सुख्खा एनआईटिडिबी, नेपाल सरकार (२०६७) , दशौ सार्क व्यापार मेला, टिईपिसि, नेपाल सरकार (२०६८,) बाल मैत्री स्थानयि शासन, सिसीडब्लुबी , नेपाल सरकार (२०६९, )सबैका लागी पानी , फण्ड बोर्ड, नेपाल सरकार(२०७० )लगायतका वृत्तचित्र निर्माण लगायत स्क्रिप्ट लेखन तथा निर्देशन सम्बन्धी काम गरेका छन् । उनि एक कुशल जीवनी लेखक साथै शोधकर्ता पनि हुन् । हाल पनि उनि ’बुढीगण्डकी सभ्यता र सेरोफेरो’ बिषयमा शोधमुलक अध्ययन, अनुसन्धान गर्नमा तल्लिन छन् ।
साथै, उनले विभिन्न कम्पनी तथा संस्थाहरुको प्रेस सल्लाहकार तथा संचार विज्ञको हैसियतले कार्यगर्दै आएका छन् ।
त्यस्तै, उनले सन २०१९ मा नेपालको काठमाडौंमा सम्पन्न एसिया प्यासिफिक समिटलाई नेपाल स्थित १४ वटा स्याटलाईट टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गर्ने संयोजनकारी भूमिका निर्वाह गरेका थिए ।त्यसो त ओझाले कर्पोरेट खबर पत्रिका एवम् सोको अनलाइन संस्करण कर्पोरेट खबर डटकमको सम्पादक भएर काम गरिसकेका छन् । यसका अलवा ओझाले ललितपुर महानगरपालिकाद्वारा प्रकाशित बुलेटिन र खेल जित मनोविज्ञान पुस्तकको सम्पादक भएर समेत कार्य गरेका छन् ।
नेपाल पत्रकार महासंघको एशोसियट संस्था एभरेष्ट प्रेस क्लबका महासचिव समेत रहेका उनि अघिल्लो कार्यकाल नेपाल पत्रकार महासंघ, एशोसयिट प्रदेश कमिटि कार्यसमितिमा निर्वाचित भएका थिए । ग्लोरी मिडियाका अध्यक्ष एवम् प्रबन्ध निर्देशक ओझा राज्य मिडिया नेटवर्कका अध्यक्ष समेत हुन् । नेपाली र अंग्रेजी दुवै भाषा माथि राम्रो पकड राख्ने उनले नेपाली, अंग्रेजी अनुवादकको रुपमा समेत कार्य गर्दै आएक ाछन् । बजेट, मौद्रिक नीति तथा सार्वजनिक वित्त जस्ता प्राविधिक बिषयका शोधमुलक सन्दर्भ सामाग्रीहरुका ठेली समेत उनले अनुवाद गरेका छन् । वित्त, वाणिज्य, सामाजिक, राजनीतिक, कुटनीतिक, प्रशासनिक, पर्यटन, कृषि, स्वास्थ्य, बालबालिका लगायतका जुनसुकै क्षेत्रको बिषयमा गहिराईमा पुगेर लेख्न सक्ने ल्याकत राख््छन् उनि । फुर्सदिलो समयमा उनि आर्थिक एवम् सामाजिक बिषयमा लेखहरु लेख्छन् । साहित्यतर्फ पनि उनको रुची छ । ओझाले नेपाली र अंग्रेजी दुवै भाषामा कविता कोर्दै आएका छन् । वाणिज्य शास्त्र र समाज शास्त्र एवम् अंग्रेजी गरि दुई भिन्न बिषयमा स्नातक गरेका उनले मास्टर्स् इन मिडिया टेक्नोलोजी बिषयमा स्नाकोत्तर तहसम्मको अध्ययन पुरा गरेका छन् ।
त्यसो त १६ बर्षदेखी नेपाल टेलिभिजनमा अनवरत रुपमा कार्यक्रम उत्पादनतर्फ जोडिदै आएका सरोज ओझाले लामो समयदेखी अनवरत रुपमा पुर्याएको योगदानको कदर गर्दै नेपाल टेलिभिजनले आफ्नो ३६ औं वार्षिकोत्सवको अवसरमा सम्मान समर्पण गरेको थियो । सन् २०२१ मा थाईल्याण्डमा मुख्यालय रहेको युनाईटेड नेसन्स पिसकिपर्स फेडरल काउन्सिलले ओझालाई ’युएनपिकेएफसी हुमानेटेरियन अवार्ड’ प्रदान गरेको थियो ।




Comments are closed.