‘सस्तो पसल’ इ कमर्सको व्यावसायिक सुरुवात

काठमाडौं । इ कमर्स कम्पनी ‘सस्तो पसल’को व्यावसायिक सुरुवात भएको छ । सूचना, प्रविधि, शिक्षा तथा व्यावसायिक क्षेत्रमा आबद्ध युवाहरुको नेतृत्वमा सञ्चालित सस्तो पसलको शनिबार भर्चुअल माध्यमबाट व्यावसायिक सुरुवात गरिएको हो ।

दैनिक उपभोग्य ग्रोसरी तथा खाद्यान्न, फर्निचर, स्वास्थ्य सामग्रीहरू लगायतको डेलिभरी गर्ने गरी सस्तो पसल सञ्चालनमा आएको हो । राजधानी काठमाडौं लगायत देशभर सेवा प्रदान गर्ने गरी सस्तो पसल सञ्चालनमा ल्याइएको प्रमुख कार्यकारी अधिकृत सुमन थपलियाले आर्थिक आवाजलाई जानकारी दिए । देश तथा विदेशसम्म सेवा प्रदान गर्ने गरी सस्तो पसल शुभारम्भ गरिएको उनले बताए । ‘इ कमर्शको क्षेत्रमा हामीले नयाँ आयाम थप्नेछौं,’ उनले भने । ग्राहकले आफ्नो चाहना अनुसारको सामान सस्तो पसलको अनलाइनबाट अर्डर गर्न सक्नेछन् ।

‘उर्जाशील युवाहरुको कन्सेप्ट अनुसार यसलाई सस्तो पसल सुरुवात गरिएको हो,’ उनले भने । सफ्टवेयर डेभलपमेन्ट र इ कमर्सको क्षेत्रमा लामो अनुभव भएका डा. पवन कुमार शर्मा कम्पनीको अध्यक्ष छन् ।

footwear zone

कम्पनीका अर्का सञ्चालक हृदय श्रेष्ठसँग अपरेसन र डेलिभरी सम्वन्धी अनुभव छ । फेडेक्स लगायत अन्य प्रतिष्ठित अन्य कम्पनीको अनुभव पनि उनीसँग छ । व्यवसायी सरोज पौडेलसँग अमेरिकाको कर्पोरेट कम्पनीहरुमा काम गरेको उत्कृष्ट अनुभव छ । उनले सफ्वयरमा मास्टर्स गरेका छन् भने आर्टिफिसियल इन्टेलिजेन्समा विशेषज्ञता हासिल गरेका छन् ।

सुमन थपलियासँग टेक्सास कलेजको आइटी डिपार्टमेन्ट, जुकिटेकको सिइओ, इ कमर्सको सिइओ लगायतका अनुभव छन् । सुशान्त पाण्डे गतिशील युवा हुन् जो व्यवसायमा उत्साहका साथ लागिरहेका छन् । परम्परागत व्यवसाय भन्दा माथि उठेर इकमर्शको सुरुवात गरेर व्यवसायमा नयाँपन दिन लागिएको अध्यक्ष डा. पवन कुमार शर्मा बताए ।

You might also like

Comments are closed.