काठमाडौं । सूचना, प्रविधि, शिक्षा तथा व्यावसायिक क्षेत्रमा आबद्ध ४ जना युवाहरुको संयुक्त लगानीमा ‘सस्तो पसल’ इ कमर्स सञ्चालनमा आउने भएको छ । असार २७ गते शनिबारबाट सस्तो पसलको सेवा शुभारम्भ हुनेछ ।

दैनिक उपभोग्य ग्रोसरी तथा खाद्यान्न, फर्निचर, स्वास्थ्य सामग्रीहरू लगायतको डेलिभरी गर्ने गरी सस्तो पसल सञ्चालनमा ल्याउन लागिएको हो । राजधानी काठमाडौं लगायत देशभर सेवा प्रदान गर्ने गरी सस्तो पसल सञ्चालनमा ल्याउन लागिएको चिफ अपरेटिङ अफिसर सुमन थपलियाले आर्थिक आवाजलाई जानकारी दिए ।

‘उर्जाशील युवाहरुको कन्सेप्ट अनुसार यसलाई सस्तो पसल सुरुवात गर्न लागिएको हो,’ उनले भने, ‘सस्तो पसल शुभारम्भका लागि सम्पूर्ण तयारी पुरा भएको छ ।’ सफ्टवेयर डेभलपमेन्ट र इ कमर्सको क्षेत्रमा लामो अनुभव भएका डा. पवन कुमार शर्मा कम्पनीको अध्यक्ष छन् ।
कम्पनीका अर्का सञ्चालक हृदय श्रेष्ठसँग अपरेसन र डेलिभरी सम्वन्धी अनुभव छ । फेडेक्स लगायत अन्य प्रतिष्ठित अन्य कम्पनीको अनुभव पनि उनीसँग छ । व्यवसायी सरोज पौडेलसँग अमेरिकाको कर्पोरेट कम्पनीहरुमा काम गरेको उत्कृष्ट अनुभव छ । उनले सफ्वयरमा मास्टर्स गरेका छन् भने आर्टिफिसियल इन्टेलिजेन्समा विशेषज्ञता हासिल गरेका छन् ।

सुमन थपलियासँग टेक्सास कलेजको आइटी डिपार्टमेन्ट, जुकिटेकको सिइओ, इ कमर्सको सिइओ लगायतका अनुभव छन् । सुशान्त पाण्डे गतिशील युवा हुन् जो व्यवसायमा उत्साहका साथ लागिरहेका छन् ।
परम्परागत व्यवसाय भन्दा माथि उठेर इकमर्शको सुरुवात गरेर व्यवसायमा नयाँपन दिन लागिएको अध्यक्ष डा. पवन कुमार शर्मा बताए ।




Comments are closed.