‘सस्तो पसल’ले ल्यायो ओपनिङ अफर

काठमाडौं । इ–कमर्श कम्पनी ‘सस्तो पसल’ले व्यवसाय शुभारम्भको अवसरमा विशेष छुट अफर ल्याएको छ । कम्पनीले असार २९ गते मंगलबारबाट साउन ४ गतेसम्म लागु हुने गरी छुट अफर ल्याएको हो ।

कम्पनीको अनलाइन www.sastopashal.com  बाट जुनसुकै सामान खरिद गर्दा ग्राहकले १० प्रतिशत छुट पाउने प्रमुख कार्यकारी अधिकृत सुमन थपलियाले आर्थिक आवाजलाई जानकारी दिए । छुट पाउन ग्राहकले कम्तीमा २ हजारसम्मको सपिङ गर्नुपर्नेछ ।

दैनिक खाद्यान्न सामान, कम्प्युटर एसेसरिज, इलेक्ट्रोनिक्स सामान लगायतका सामान सस्तोपसल अनलाइनबाट अर्डर गर्न सकिन्छ । निःशुल्क होम डेलिभरी सुविधा उपलब्ध रहेको थपलियाले बतााए ।

footwear zone

सूचना, प्रविधि, शिक्षा तथा व्यावसायिक क्षेत्रमा आबद्ध युवाहरुको नेतृत्वमा सस्तोपसल इ कमर्शको व्यावसायिक सुरुवात असार २६ गते शनिबारबाट भएको हो । दैनिक उपभोग्य ग्रोसरी तथा खाद्यान्न, फर्निचर, स्वास्थ्य सामग्रीहरू लगायतको डेलिभरी गर्ने गरी सस्तो पसल सञ्चालनमा ल्याइएको थपलियाले जानकारी दिए । ‘राजधानी काठमाडौं लगायत देशभर सेवा प्रदान गर्ने गरी सस्तो पसल सञ्चालनमा ल्याएका हौं,’ उनले भने ।

You might also like

Comments are closed.