इतिहास रच्दै साथीमार्ट, १००औं आउटलेट खुल्दै

काठमाडौं । साथीमार्टले आक्रामक रुपमा आउटलेट विस्तार गरेको छ । २०७७ भदौ ३० गते पहिलो आउटलेट खोलेर व्यावसायिक सुरुवात गरेको कम्पनीले छिट्टै १००औं आउटलेट खोल्ने तयारी गरेको छ । १००औं आउटलेट वैशाख दोस्रो साताभित्र काठमाडौंको सानेपामा सञ्चालनमा आउने प्रमुख कार्यकारी अधिकृत सागर पोखरेलले आर्थिक आवाजलाई जानकारी दिए ।

‘१००औं आउटलेट केही हप्तामा शुभारम्भ गरेर रिटेल सुपरमार्केटको क्षेत्रमा नयाँ इतिहास रच्दैछौं,’ पोखरेलले भने, ‘यो यात्रा त्यती सजिलो पक्कै थिएन, हामीलाई यहाँसम्म पुग्नलाई साथ दिने सम्पूर्णप्रति हृदयदेखि नै धन्यवाद तथा आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथको आशा गरेका छौं ।’

सय वटा आउटलेट खुल्दासम्म ४३ वटा जिल्लामा साथीमार्टको सञ्जाल पुगिसकेको पोखरेलले जानकारी दिए । त्यस्तै, साथीमार्टले बिकट जिल्ला जुम्लामा वैशाखभित्रै आउटलेट खोल्ने तयारी गरेको उनले बताए । ‘सुगममा मात्रै होइन बिकट जिल्ला तथा क्षेत्रमा पनि आउटलेट खोलिरहेका छौं,’ उनले भने ।

footwear zone

सय वटा आउटलेट खुल्दासम्म साथीमार्टबाट एक हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । २०२५ सम्ममा देशभर एक हजार आउटलेट खोल्ने आफूहरुको लक्ष्य रहेको उनले बताए । ‘काठमाडौंमा मात्र मार्ट सफल हुन सक्छ भन्ने परम्परालाई हटाउँदै साथीमार्टले सातै प्रदेशका सहरमा आउटलेट सञ्चालनमा ल्याएको छ,’ पोखरेलले भने ।

आईएसओ ९००१:२०१५ प्रमाणित कम्पनी साथीमार्टले रिटेल चेन स्टोरको अपरेसन, अनलाइन सपिङ, एफिलिएट मार्केटिङ, स्थानीय र अन्तर्राष्ट्रिय उत्पादनहरुको वितरणमा आइएसओ स्ट्यान्डर्ड प्राप्त गरेको छ ।

You might also like

Comments are closed.