काठमाडौं । नेपालकै ठूलो रिटेल चेन साथीमार्टको नयाँ शाखा परासी जिल्लाको बर्दघाटमा सञ्चालनमा आएको छ ।
मिडिया व्यवसायी नारायण भण्डारीले साथीमार्टको फ्रेन्चाइज आउटलेट सञ्चालनमा ल्याएका हुन् । मिडिया क्षेत्रमा धेरै वर्ष काम गरेकाले अन्य क्षेत्रमा पनि केही गरुँ भन्ने इच्छा बढेकाले साथीमार्ट सञ्चालन गर्न लागेको भण्डारीले बताए ।
रिटेलमा रुची बढेकाले पनि साथीमार्टको राष्ट्रिय सञ्जालमा जोडिएर बर्दघाटमा पहिलोपटक स्मार्ट सपिङ सेन्टर खोलेको उनको भनाइ छ । आउटलेट स्थानीय ज्येष्ठ नागरिकले उद्घाटन गरेका थिए ।

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।
एउटै लगानीमा खुद्रा व्यापार (आउटलेट), ई–कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुविधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ ।




Comments are closed.