बिराटनगरको कञ्चनबारीमा साथीमार्टको ११३ औं आउटलेटको उद्घाटन

काठमाडौं । नेपालकै ठूलो रिटेल चेन साथीमार्टको नयाँ आउटलेट बिराटनगरको कञ्चनबारीमा उद्घाटन गरिएको छ । स्नेसनरी व्यापार र सामाजिक कार्यमा सक्रिय बलराम केसीले उक्त आउटलेट सञ्चालनमा ल्याएका हुन् भने उनका १०५ वर्षिया हजुरबुबा कृतिराज गिरीले उद्घाटन गरेका हुन् ।

उद्घाटनका कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकाल, जीवन घिमिरे, प्रदेश कमिटी सदस्य रामलाल शाह, महेश भट्टराई, परशुराम बस्नेत, सागर थापा, प्याब्सनका पूर्व अध्यक्ष टिकाराम पुरी, पूर्व मेयर भिम पराजुली, महानगरका वडाध्यक्षहरु, साहित्यकार कृषा अधिकारी, साथीमार्टका प्रदेश १ प्रमुख तथा इटहरी शाखाका म्यानेजर सन्तोष लुँइटेल एवं विभिन्न समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

कुल एक हजार स्क्वायरफिटमा फैलिएको यो आउटलेट सञ्चालनमा ल्याउनुको मुल उद्देश्य स्मार्ट सपिङ कल्चरलाई व्यवस्थित तरिकाबाट परिचालन गर्नु नै रहेको बलराम बताउँछन् ।

footwear zone

उनका अनुसार, यस आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छन् ।

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा छिट्टै ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।

एउटै लगानीमा खुद्रा ब्यापार (आउटलेट), ई–कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको साथीमार्टले जनाएको छ ।

साथीमार्टले असोज १५ गतेदेखि केही समय फ्रेन्चाइज नदिने भएको छ । साथीमार्टका खुलेका फ्रेन्चाइजलाई अझ व्यवस्थित बनाउन, मार्केटिङ र यसको ब्रान्डिङ गर्ने उद्देश्यले फ्रेन्चाइज नदिने निर्णय गरेको छ ।

You might also like

Comments are closed.