काठमाडौं । काठमाण्डौंमा मात्र मार्ट सफल हुन सक्छ भन्ने परम्परालाई हटाउन सफल साथीमार्टले छोटो समयमा राम्रो लोकप्रियता कमाउन सफल भएको छ ।
मेची देखि महाकाली फैलिएको मार्टले उपत्यका बाहिर मार्ट प्रतिको धारणा परिवर्तण गर्न सफल भएको साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए ।
पोख्रेलका अनुसार साथीमार्ट प्रति लोकप्रियता बढे संगै मार्टको सेल्समा सुधार भएको छ । मार्टहरुले एक बर्ष भित्र ३ गुणा सम्मको बिक्रीमा सुधार गरेको पोख्रेलले बताए ।

साथीमार्ट प्रशासन अनुसार सबै मार्टमा यस आर्थिक बर्षमा ३०० प्रतिशत सम्मको बिक्री बढाउने योजना रहेको छ । बिक्री बढाउन छुट, नेशनल कस्टमर मेम्बरसिप, एफिलिएट मार्केटिङ, नयाँ अफर, फल्यास सेल्स, मेड इन नेपाल कलेक्सन, पिक ओप सुबिधा र अन्लाइन सेल्सले ठुलो भुमिका खेल्ने पोख्रेल बताउँछन् ।
बिर्तामोडका दिपक चौहानले १२०० बर्ग फिटको स्टोरबाट दैनिक रु २०००० देखी २५००० बाट सुरु भएको हाल दैनिक रु ६०००० देखी ७०००० बिक्री रहेको र सानीस्चर्य झापामा कारीब ३००० बर्ग फिटको कारीब १ करोड लगनी थप गरी अर्को आउट्लेट सन्चालनमा ल्याउन लगेको साथीमार्ट प्रसासनले जानकारी दिएको छ ।
साथीमार्ट काकडभित्ताका आउट्लेट प्रमुख जय पोखरेलले ३०० बर्ग फितको आउट्लेटबाट पहिले रु १५००० देखी २०००० को बिक्री बढेको र सफलताका कारण उक्त काकडभित्तामा २२०० बर्ग फितको आउट्लेट सन्चालनमा ल्याएको साथीमार्ट बाताइएको छ।
पोख्रेलका अनुसार अनुसार गल्छी, गुल्मी, सल्यान, जिरी जस्ता साना बजारमा पनि साथीमार्टले मार्ट परम्परालाई स्थापित गर्दै लोकप्रियता र कारोबार बढाइरहेको छ ।
र्दाचुला जस्तो ठाँउ जहा मार्टको अवधारणा एकदमै दुर्लभ छ त्यहा पनि साथीमार्ट पुग्न सफल भएको र सुरु सुरुमा मान्छेको मार्टमा सामान महँगो होला भन्ने अवधारणा हटाउदै गर्दै ग्राहक आधार बलियो बनाउन सफल भएको पोख्रेल बताउँछन् । देशभरका आउटलेटमा बिक्री बढेको र यस बर्षको योजनाले कम्पनी थप उचाइमा पुग्ने बताइएको छ ।
नेपाल भरी हजार आउटलेट खोल्ने लक्ष्य रहेको मार्टले हालका लागि फ्रेन्चाइज शुल्क र रोयल्टी नलिने बताइएको छ । अहिले फ्रान्चाइज बुकिङ्ग खुल्ला रहेको छ ।




Comments are closed.