सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा लक्ष्मण कँडेल निर्वाचित भएका छन् । प्रतिस्पर्धी हर्षबिक्रम खड्कालाई उनले पराजीत गरेका हुन् ।
त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा गणेशकुमार बस्नेत, वाणिज्य उपाध्यक्षमा प्रेमबहादुर राउत, उद्योग उपाध्यक्षमा सिंहराज बम, महिला उपाध्यक्षमा तारा राउत विजयी भएका छन् ।
महासचिवमा भद्र भण्डारी विजयी भएका छन् । उपमहासचिवमा कृष्णप्रसाद सुवेदी, कोषाध्यक्षमा रामप्रसाद पाण्डे र सह कोषाध्यक्षमा सूर्यबहादुर खत्री विजयी भएका छन् ।






Comments are closed.