स्वास्थ्य संकटमा स्कुल अफ डेमो­­­­­­क्रेसीको परामर्श सेवा

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोविड–१९ को दोस्रो लहरले नेपाल पनि आक्रान्त भएको अवस्थामा स्कुल अफ डेमोक्रेसीले डाक्टरहरुको समूहसँग समन्वय गरेर टेलिफोनमार्फत २४ सै घण्टा निःशुल्क परामर्श दिने व्यवस्था गरेको छ । चौबिसै घण्टा उपलब्ध हुने हटलाइन नम्बर ९८६४४८३०२६ को पनि व्यवस्था गगरिएको सो संस्थाले जारी जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

दीर्घकालीन रोगबाट संक्रमित वा अन्य कुनै रोगको समस्या भएमा सो अनुसारको विषेशज्ञको परामर्श प्रवाह गरेर रोगले पिडामा परेका जनता लाई स्वास्थ्यसम्बन्धी आवश्यक परामर्श अभियान संचालन गरेरिएको स्कुल अफ डेमोक्रेसीका अध्यक्ष नैनसिंह महरले बताए ।

हटलाइनको समेत व्यवस्था गरेर बिरामीले घरघरमा फोनमार्फत चिकित्सक परामर्श लिनसक्ने यस सानो प्रयासले कोरोनाविरुद्धको लडाइँमा सहजता मिल्ने अपेक्षा गरेको र महासंकटका बेला राजनीतिलाई समाजसेवासँग जोड्ने उद्देश्य रहेको काँग्रेस नेता समेत रहेका अध्यक्ष महरले स्पष्ट गरे ।

footwear zone

आगामी दिनमा थप चिकित्सकहरुलाई यस अभियानमा जोड्दै जाने र विदेशमा रहेका शाखामार्फत पनि अभियानमा सामेल गराइने स्वास्थ्य संयोजक डा नरेश भट्टले जानकारी दिए ।

­­­

You might also like

Comments are closed.