स्मार्टच्वाइस टेक्नोलोजिज  र आइसीएफसी फाईनान्सबीच सम्झौता

काठमाडौं । आइसीएफसी फाईनान्स लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) बीच सम्झौता भएको छ ।

आइसीएफसी फाईनान्स र स्मार्टच्वाइस टेक्नोलोजिजबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका छन् ।

footwear zone

सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात आइ सी एफ सी फाईनान्सका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ (एपआइसीएफसी फाईनान्स स्मार्ट) प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर मार्फत गर्न सक्ने जनाएको छ ।

 

You might also like

Comments are closed.