काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएकोमा बुधबार मालीगाँउ, काठमाडौं स्थित ट्राफिक प्रहरी वृतलाई फ्लोरसेन्ट ज्याकेट हस्तान्तण गरेको छ ।
त्यस क्षेत्रहरुमा चल्ने सवारी साधनहरुलाई व्यवस्थापन लगायत चुस्त दुरुस्त ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले बैंकले उक्त ट्राफिक प्रहरी वृतलाई फ्लोरसेन्ट ज्याकेट प्रदान गरेको हो ।
एक कार्यक्रमकाबीच ट्राफिक प्रहरीको टोलीलाई बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले फ्लोरसेन्ट ज्याकेट हस्तान्तरण गरेका थिए । ट्राफिक प्रहरी वृत , मालीगाँउका प्रहरी निरीक्षक सागर घलेले यस किसिमको सहयोगले ट्राफिक प्रहरीहरुलाई मद्दत पुगेको बताँउदै बैंकले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

सांग्रिला डेभलपमेन्ट बंैकले देशभर रहेका आफ्ना ११२ शाखा कार्यालय मार्फत समय समयमा यस किसिमको सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम गर्दै आएको छ ।




Comments are closed.